सुनको भाउमा रेकर्ड ब्रेक : तोलाको एक लाख नाघ्यो

काठमाण्डौ,२१ साउन । सुनको भाउमा आज रेकर्ड ब्रेक भएर तोलाको एक लाख एक हजार ४०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिनमा रु एक हजार ६०० बढेको जनाएको छ ।

चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेर १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Comments
Loading...