पोखरामा थप नौ जनामा कोरोना संक्रमण देखियो

पोखरा,२१ साउन । पोखरा महानगरपालिका भित्रका नौ जनामा कोरोना भाइरस(कोभिड–१९) पुष्टि भएको छ ।

संक्रमितहरु १७ देखी ५७ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सात जना क्वारेन्टिनमा बसेका हुन् भने दुई जना होम क्वारेन्टिनमा थिए । भारतबाट आएका चार जना तथा बाराबाट आएका तीन र अर्का दुई जना सर्लाही र महोत्तरीका एक÷एक जना आएका रहेको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

Comments
Loading...