युनाइटेड क्लबद्धारा देउसीभैलोबाट संकलित रु एक लाख पहिरो पीडितलाई सहयोग

पोखरा २१ साउन । सराङकोट १८ गोठादीका पहिरो पिडितलाई युनाईटेड क्लव पोखराले आर्थिक सहयोग गरेको छ ।

गत असार २६ गतेराति अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई क्लवले राहत स्वरुप नगद रु एक लाख सहयोग गरेको हो ।

सामाजिक काम मार्फत पोखरामा छुट्टै स्थान हासिल गर्न सफल युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेती नदी संरक्षण र नेपालीहरुको महान पर्व तिहारको वेला देउसीभैलो कार्यक्रमको आयोजना गरी संकलित रकमबाट दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लवले आफनो दैवी प्रकोप राहत कार्यक्रम अन्तर्गत सराङकोट पहिरो पिडितलाई नगद एक लाख सहयोग गरेको हो ।

बुधबार एक कार्यक्रमका वीच युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ सहितको पदाधिकारीको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रण बहादुर थापा मार्फत सराङकोट गोठादी महारी वाढिपिडित राहत संकलन समितिका संयोजक संजीव थापा मगरलाई राहत स्वरुपको एक लाख नगद सहयोग प्रदान गरिएको हो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रण वहादुर थापाले युनाईटेड क्लवले गरेको सामाजिक कामको प्रशंसा गर्दै आफ्नो वडामा विपत्तिमा परेका परिवारलाई समेत सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै विभिन्न ब्याक्ति, संस्थाहरुको सहयोगमा संकलित रकमबाट पिडित परिवारलाई सुरक्षित स्थानमा घरबास बसाउनका लागी समेत आफुले पहलकदमी थालेको वताए ।

्त्यस्तै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सुक बहादुर गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखराको अमरसिंह चोकमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको र अघिल्लो वर्षदेखी क्लवको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई फराकिलो बनाउदै कुनैपनि वेला भइपरि आउने दैवी प्रकोपलाई समेत मध्येनजर गरी तिहारको वेलामा देउसीभैलोको आयोजना गरी संकलित रकमबाट विपद ब्यवस्थापन राहत कोष स्थापना गरी वाढि, पहिरो, भुकम्प आगलागी जस्ता विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही कार्यक्रम अन्तर्गत पोखरा १८ सराङकोटमा समेत सहयोग गरेको वताए ।

क्लवका अध्यक्ष लालकाजी गुरुङले क्लवले तिहारको वेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी युनाईटेड क्लवको विपद व्यवस्थापन कोषको माध्यामबाट सराङकोटमा पहिरोमा परि आफन्त र घरबार गुमाएकाहरुलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले क्लवले सहयोग गरेको वताए ।

क्लवले लिएको उद्देश्य शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा लागिपर्ने वताउदै गुरुङले क्लवले पोखरा र आसपासमा वाढि पहिरो जस्ता प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न संधै सहयोग गर्न तत्पर रहेको समेत वताए । उक्त कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

Comments
Loading...