स्याङ्जाको आँधीखोला गाउँपालिकाले सलह छोप्ने चार जनालाई दियो पुरस्कार

पोखरा,२२ साउन । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सलह छोप्ने चार जनालाई नगद पुरस्कार प्रदान गरेको छ ।

आँधीखोला गाउँपालिकामा आज बिहिबार सलह छोप्ने ४ जना पुरस्कृत भएका छन् । सलह नियन्त्रणका लागी गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३०० दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ४ जनाले ९ किलो ३०० ग्राम सलह छोपेर आँधीखोला गाउँपालिकालाई बुझाएका छन् ।

आँधीखोला गाउँपालिका वडा नं २ पोखरचौर बस्ने सन्दीप सापकोटा, सविना सापकोटा, टेक बहादुर भुजेल र सफल राना ले ९ किलो ३०० ग्राम कीरा छोपेर कृषि शाखामा बझाएपछि गाउँपालिकाले उनीहरूलाई दुई हजार सात सय नब्बे रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलले सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई पैसा दिइएको हो । यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेका थिए ।

Comments
Loading...