पोखरा महानगरलाई भारतीय पेन्सन क्यामद्धारा स्वास्थ्य सामग्री प्रदान

पोखरा, साउन २२ गते । पोखरा महानगरपालिकालाई भारतीय पेन्सन क्याम पोखराले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशाँक त्रिपाठीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे। पेन्सन क्यामले एक सय थान पञ्जा र एक सय थान गम्वुट प्रदान गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा भारतीय पेन्सन क्यामले गरेको सहयोगप्रति आभार ब्यक्त गदै लकडाउन खुलेपनि संक्रमण नसकिएको बताउदै थप सजक र सर्तक बन्नुपर्नेमा जोड दिए ।

भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशाँक त्रिपाठीले कोरोना नियन्त्रणमा सानो भएपनि आफनो तर्फबाट केही सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

उहाँले यसअघि पोखरा महानगरको वडा नम्वर १० र १५ मा खाद्यान्न वितरण गरेको बताए ।  जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको बताए ।

कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वास्थ्य सामग्री प्रदानले कोरोना संक्रमण नियन्त्रमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

Comments
Loading...