देशभर एकै दिन ३६० जनामा कोरोना संक्रमण

पोखरा,२२ साउन । नेपालमा आज एकै दिनमा देशभर गरी ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गर्दा उनीहरु संक्रमित भएका हुन् भने २ सय ३३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म १५ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

Comments
Loading...