चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने

काठमाडौ,२२ साउन । यातायात व्यवस्था विभागले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नविकरणमा जरिवाना शुल्क हटाएको छ ।

कोरोना भाइरस रोकथामका लागि आह्वान गरिएको लकडाउनका कारणबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्री परिषदले गरेको जानकारी दिए ।

Comments
Loading...