पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको वार्षिक समिक्षा शुरु

पोखरा,२२ साउन । गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रालय अन्तर्गतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समिक्षा आजबाट शुरु भएको छ ।

साउन २३ गतेसम्म सञ्चालन हुने समिक्षा गोष्ठीमा निर्देशनालय अन्तर्गत सात वटै जिल्लाका जिल्लास्थित भेटेनेरी अस्पताल तथा पशु विज्ञ केन्द्र तथा पशु रोग अन्वेषण कार्यालय,एनएलएसआइपी कार्यालयको तर्फबाट गत वर्ष सम्पादन भएका क्रियाकलपाहरु प्रस्तुत हुनेछ ।

पहिलो दिन पशुपन्क्षी रोग अन्वेषण कार्यालयका तर्फबाट डा केदारराज पाण्डे, पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ,बाग्लुङबाट वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डे,लमजुङबाट डा रुपेश श्रेष्ठ,कास्कीका प्रमुख डा शोभा शर्मा,एनएलएसआइपीका प्रमुख डा लक्ष्मण ढकाल,मत्स्य विकास केन्द्र मिर्मीका प्रमुख कृष्णप्रसाद उपाध्याय, पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख पशु चिकित्सक डा बज्रकिशोर ठाकुर र गोर्खाका प्रमु डा इन्द्र भट्टले वार्षिक प्रगति विवरण पेश गरेको पशु स्वास्थ्य सेवा प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुखहरुले गत वर्र्ष कोरानाका कारणले कतिपय कार्यक्रम कार्यान्वयन र बजेट खर्चमा कठिनाई भएपनि कार्य प्रगति सन्तोषजनक रहेको उल्लेख गरेका थिए । अझै पनि दरवन्दी अनुसारको कर्मचारी व्यवस्थापन र साधन स्रोत अभावमा लक्ष्य अनुसार प्रगति हासिल नभएको उनीहरुको भनार्ई छ ।

निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले गोष्ठीको अध्यक्षता गर्दै गत वर्ष काम गर्दा हासिल भएका अनुभवबाट समस्या समाधान गर्र्दै चालू वर्षमा प्रभावकारी कार्यप्रगति हासिल गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments
Loading...