कांग्रेसमा अब १० लाख क्रियाशिल सदस्य

पोखरा,२३ साउन । नेपाली कांग्रेसले क्रियाशील सदस्यता दोब्बर बनाउने भएको छ । पार्टी पदाधिकारी बैठकमा सदस्यतता शतप्रतिशत बढाउने सहमति भएको छ ।

बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो।

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

Comments
Loading...