स्याङ्जामा एक साता निषेधाज्ञा थपियो

पोखरा,२३ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामा लगाएको निषेधाज्ञा पुन ः एक साता थप गरेको छ ।

साउन १३ गतेबाट आह्वान भएको बन्द १० दिन आज सकिएसँगै पुन ः सात दिन निषधाज्ञा थप गरेर साउन २९ गतेसम्म पु¥याइएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जनाउँदै प्रशासनले बन्दलाई थप गरिएको जनाएको छ ।

समुदायसम्म कोरोनाको सक्रमण बढेपछि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न र यसअघि जारी गरेको निधेषाज्ञा यथावतै निर्णय गरिएको प्रशासद्धारा जारी सूचनामा उल्लेख छ ।

Comments
Loading...