नदीले बगाएर एक जनाको मृत्यु,अर्का एक जना बेपत्ता

पोखरा,२३ साउन । गोरखामा नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएका छन् ।

गोरखा पालुङटार नगरपालिका–१ खुर्पाजुङ बस्ने वर्ष १५ को सबिन श्रेष्ठ र वर्ष १५ का प्रजल श्रेष्ठ गोरखा नगरपालिका ३ बेनिखोलामा फुटबल हेर्न जाने क्रममा सिरानचोक गाउँपालिका–४ दरैदी खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।

बेपत्ता भएका दुई जनालाई खोजतलास गर्ने क्रममा सविनलाई गोरखा नगरपालिका–१२ खत्रीवेशी स्थित दरौदी नदीकोबीच भागमा ढुङगाले अडाइ रहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

हराईरहेका प्रजल श्रेष्ठको खोजीकार्य भईरहेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...