पुर्नःजन्म पाएको भन्दै सांसद बरालले जन्म दिनमा सम्मान गरे पश्चिमाञ्चल अस्पतालका स्वास्थ्यकर्मीलाई

पोखरा,२३ साउन । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद(बराल)ले आफ्नो जन्म दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकलाई सम्मान गरेर मनाएका छन् ।

गत जेठ ८ गते ‘इन्टरनल’ हर्नियाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकहरुबाट सफल शल्यक्रियापछि दुई महिना घरमा आराम गरेका बरालले वर्र्षौदेखीको समस्याबाट स्वास्थ्यलाभ भएको र आफ्नो पुर्नःजन्मका भएको भन्दै बरालले आफ्नो उपचार प्रक्रियामा सहभागि हुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्र्मीलाई आज जन्मदिनको अवसर पारेर प्रशंसापत्रबाट सम्मान गरेका हुन् ।

अस्पतालमा लामो समय उपचारमा सङ्लग्न चिकित्सकहरु उपचार गराएर पठाएको सेवाग्राहीको हातबाट पहिलोपटक सम्मानित हुने खबरले खुःशी भएका थिए । प्रदेशसभा सदस्य बरालले उपचारपछि आफूले पुर्नःजन्म प्राप्त गरेको र उपचार प्रक्रियामा सहभागि हुने चिकित्सकलार्ई सम्झिने तीव्र इच्छा र चाहनाका कारणले जन्मदिनमा कार्यक्रम आयोजना गरेको बताए ।

“प्रतिष्ठानका चिकित्सकहरुका कारणबाट मैले आज पुर्नःजन्म प्राप्त गरेँ, उहाँहरुलाई सम्झिन चाहिरहेको थिएँ ।”बरालले भने,“उहाँहरुको दक्षता र क्षमतको कदर गर्नुपर्दछ भनेर प्रशंसापत्रबाट सम्मान गर्ने निर्णयमा पुगेँ ।”

प्रदेशसभा सदस्य बरालले पश्चिमाञ्चल अस्पतालमा अहिले चिकित्सकहरुको सक्षम टोली तयार भएपनि आवश्यक साधन स्रोतको अभाव आफूले देखेको बताउँदै प्रदेश सरकारबाट त्यसको सम्वोधन गर्ने विश्वास दिलाएका थिए ।

प्रतिष्ठानका उपकुलपति प्रा डा वुद्धिबहादुर थापाले प्रदेशसभा सदस्य बरालले उपचारका लागि सरकारी अस्पताल रोज्नु र सफल उपचारबाट सरकारी अस्पतालप्रति जनविश्वास समेत वृद्धि हुँदै जाने बताउँदै प्राप्त सम्मानले काममा उर्जा मिलेको बताए ।

डिन नरेन्द्रविक्रम गुरुङले सरकारी अस्पतालमा उपचारका लागि मनले जितेर सेवा दिने मौका मिलेपनि सम्मान प्राप्त गर्ने अपेक्षा नगरेको बताउँदै अस्पतालको गुणस्तर वृद्धि भइरहेको छ भन्ने सन्देश दिनुपर्ने भनाई राखे ।

कार्यक्रममा प्रतिष्ठानका सिनेटर सदस्इ मीनबहादुर गुरुङले सम्मानबाट स्वास्थ्यकर्मीमा उर्जा थपेको बताउँदै सङ्घीय सरकारको मातहतमा रहेपनि प्रदेशवासी गरीव जनताले स्वास्थ्य उपचार गर्ने अस्पतालको विकासमा प्रदेश तथा स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताए।

दुःख र अप्ठ्यारोमा अस्पताल र चिकित्सकलाई सम्झिएपनि निको भएपछि कसैले खासै वास्ता नगर्ने अवस्थामा बरालले अस्पतालमै सम्झन आइपुग्दा औधी खुःशी लागेको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यको भनाई छ ।

“पहिलोपटक यसरी प्राप्त सम्मानले समग्र अस्पतालको टिमलाईनै थप हौसला र उत्साह मिलेको छ।” निर्देशक आचार्यले भने । कार्यक्रममा अस्पतालको शल्यक्रिया विभाग,पोष्ट अपरेटिभ कक्ष, प्रयोगशाला लगायतमा कार्यरत १५ जनालाई सम्मान गरिएको थियो ।

Comments
Loading...