बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

एजेन्सी
बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

’परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको हो,’ बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने।

Comments
Loading...