“किसानकै बीचबाट उठेको नेता हुँ, उनीहरुको जीवनस्तर उकास्न लागि परेको छुु”

पोखरा,२५ साउन । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषि क्षेत्रमा उत्पादनको आधारमा दिईने अनुदान वृद्धभत्ता जस्तै भएको वताएका छन्।

जसरी नेपाल सरकारले ७० वर्ष उमेर पुगेका आफ्ना नागरिकलाई दोहोरो सुविधा नपर्ने गरी सामाजिक सुरक्षा भत्ताको रुपमा वृद्धभत्ता दिँदै आएको छ त्यसरी नै प्रदेश सरकारले कृषकलाई कृषि तथा पशुपालन व्यवसायबाट उत्पादन गरेको आधारमा अनुदान दिने बताए । शनिबार तनहुँको याम्पा फाँटमा वन्दिपुर गाउँपालिकद्धारा याम्पा दुग्ध उत्पादक सहकारी संस्थाका किसानलाई दूधमा अनुदान वितरण उनले त्यस्तो बताएका हुन् ।

उत्पादनमा आधारित अनुदान कार्यक्रम नयाँ भए पनि महत्वपूर्ण भएको र आफुले किसानहरुसँग बृहत छलफल गरेरनै यो कार्यक्रम ल्याएको भन्दै सरकारले कृषि क्षेत्रमा धैरे लगानी गरेको भएता पनि लगानी अनुसारको प्रतिफल पाउन नसकेको बताए । मन्त्री थापा मगरले आफु किसानहरुकै बीचबाट उठेर अहिले नेता तथा मन्त्री भएको र किसानहरुको जीवनस्तर माथि उकास्न सधैं लागि परेको उल्लेख गरे ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकासको लागि मन्त्रालयले धेरै राम्रो कार्यक्रम ल्याएको बताए ।पशुपन्क्षी विकासको लागि पाडीवाच्छी हुर्काउने कार्यक्रम, आहारको लागि साइलेस घाँस उत्पादन कार्यक्रम, दाना उद्योग स्थापना, पशुपन्क्षी पूर्ण खोप कार्यक्रम, वृद्ध पशुको व्यवस्थापन, दूधमा प्रति लिटर रु २.५० पैसा अनुदान, बाख्रा पालनमा घाँस रोपनमा अनुदान, निशुल्क पशुपन्छी विमा कार्यक्रम साथै माछा पोखरी निर्माणमा अनुदान, माछा भुरा खरीदमा ५०प्रतिशत अनुदान सम्मको कार्यक्रम ल्याएको उल्लेख गरे।

प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन लागिपरेको र गण्डकी प्रदेश, दूध मासु र अण्डामा आत्मनिर्भर भएता पनि खाद्यन्नामा आत्मनिर्भर हुन नसकेको भन्दै उत्पादन वृद्धिको लागि बाँझो जग्गाा खेतीको प्रोत्साहनका लागि एकपटक प्रति रोपनी रु ३००० अनुदान, तरकारी खेतीमा एकपटक प्रति रोपनी रु ३००० बीउ र मल अनुदान, फलफूल खेतीमा विरुवामा अनुदान, जग्गा चक्लावन्दी कार्यक्रम, साना किसान सहयोग कार्यक्रम, एक सहकारी एक उत्पादन कार्यक्रम, कृषिमा आधुनिकीकरण गर्न कृषि यान्त्रिकिकरणमा अनुदान कार्यक्रम ल्याएको बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापामगरले स्थानीय तह आफैमा सरकार भएको र बन्दीपुर गाउँ पालिकाको मुख्य उद्देश्य आफै आत्मनिर्भर हुने भएकोले उत्पादन बढाउन लागि परेको बताए ।उनले कृषि उत्पादनमा आत्मनिर्भर भएर मात्र समृद्धि हासिल गर्न सकिने भएकोले पालिकाले किसानलाई प्रोत्साहन स्वरुप दूधमा प्रति लिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए ।

नेपाल कम्यूनिष्ट पार्टी गण्डकी प्रदेश सचिवालय सदस्य क्षितिजले गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयले ल्याएको अनुदानको कार्यक्रम खास किसानको हितमा रहेको र पर्तिफलमा आधारित अनुदान कार्यक्रमले वास्तविक किसानले अनुदान पाउने सम्भावना भएको भन्दै झोलामा कृषि फर्म राखी कागजपत्र मिलाउन जान्ने र नेता, मन्त्रीलाई चिनेको भरमा अनुदान खादै आएका विचौलियालाई निरुत्साहीत गर्ने वताए।

कार्यक्रममा वन्दिपुर गाउँपालिकाले याम्पा दुग्ध उत्पादन सहकारी मार्फत दूध उत्पादनमा अनुदान कार्यक्रम अर्न्तगत प्रति लिटर रु.१ को दरले १२ लाख रुपैया अनुदान वितरण गरेको थियो ।

Comments
Loading...