पोखरामा ६२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु

पोखरा,२५ साउन । पोखरामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको होे ।

गत श्रावण १७ गते कोरोना पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । संक्रमित मधुमेहबाट समेत पीडित भएको बताइन्छ । संक्रमित पुरुषको हिजो राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । दुई जना स्याङ्जा तथा एक जना कास्कीका छन् ।

Comments
Loading...