कोरोनाबाट एक जनाको मृत्युपछि सतर्कता अपनाउन नेकपा वडा कमिटीको आग्रह

पोखरा,२५ साउन । नेपाल कम्यु

निष्ट पार्टी(नेकपा) वडा कमिटी पोखरा– १९ ले कोरोना भाइरसका कारण वडामा एक जनाको मृत्यु तथा ७ जना संक्रमित भएकाले वडावासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सर्तकता अपनाउन आह्वान गरेको छ ।

वडा कमिटीका अध्यक्ष विष्णुप्रसाद गौतम र सचिव निर्मल बास्तोलाले आज एक विज्ञप्ती जारी गरी उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएकाले दुःख व्यक्त गरिएको छ ।

आफ्नो पार्टी भाइरस नियन्त्रणका लागि स्थानीय सरकारसँग सँगसँगै रहेको उल्लेख गर्दै संक्रमितको सम्पर्कमा आएकाहरुलाई पिसीआर परीक्षणका लागि नाम टिपाउन गर्दै सहयोगका लागि सम्पूर्ण पार्टी पंक्ति तथा सबैमा आग्रह गरिएको छ ।

नेकपाले भाइरस प्रभावित क्षेत्रहरुमा रहेका सम्पूर्ण व्यापार व्यवसाय नखुलाउन आग्रह गर्र्दै बिना काम घर बाहिर जाने,आफ्ना व्यापार सञ्चालन गर्ने,सवारी साधन चलाउने,चोकचोकमा भेला हुने तथा धार्मिक क्रियाकलापजस्ता कार्र्य नर्र्गन समेत आग्रह गरिएको छ ।

Comments
Loading...