गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका प्रजिअको सरुवा

काठमाडौँ,२५ साउन । सरकारले विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।

गृहमन्त्रालयले आज सूचना जारी गरी उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुसाल प्युठान, ध्रुव गिरीलाई मनाङ र राजकुमार राईलाई रुकुम पूर्वको सिडिओको जिम्मेवारी दिइएको जनाएको छ ।

मन्त्रालयको आजको मितिमा मन्त्रीस्तरीय निर्णयबाट प्रजिअहरुको पदस्थापन तथा सरुवा गरिएको जनाइएको छ ।

Comments
Loading...