माछापुच्छ्रेमा एकीकृत पाठ्यक्रम प्रशिक्षण सम्पन्न

श्रीभद्र पौडेल
हेमजा, २५ साउन । माछापुच्छे« गाउँपालिका ६ स्थित धितालमा आधारभूत तह अन्र्तगत कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमबारे प्रशिक्षण सम्पन्न भएको छ ।

पोखरा स्थित नेलम्बो नेपाल र वडा कार्यालयको संयुक्त आयोजना तथा माछापुच्छे« गाउँपालिका शिक्षा शाखाको सहयोगमा तीन दिने प्रशिक्षण आइतवार सम्पन्न भएको हो ।जसमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भण्डारी, शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारी, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले सहजीकरण गरेका थिए।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले शिक्षक अध्ययनशिल हुनुपर्नेमा जोड दिए ।संसारमा पछिल्लो पटक के–के कुरा प्रतिपादन भइरहेका छन्, कुन खालको प्रविधि विकसित भइरहेको छ, बालबालिकाले के खोजिरहेका छन्, आजको आवश्यकता के हो भन्ने पक्ष बुझ्न शिक्षक अध्ययनशिल हुनैपर्ने उनको ठोकुवा छ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्था स्थापनादेखि नै माछापुच्छे« गाउँपालिकासँग सम्बन्ध गासेको स्मरण गरे।उनले सिकेको सीप कार्यक्षेत्रमा गएर प्रयोग गर्न पनि सहभागिलाई सुझाव दिए ।

वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले शिक्षाको आधार आधारभूत तह भएकाले त्यसलाई मजवुत बनाउनुपर्ने बताए ।विद्यार्थी संङख्या कमीका कारण धितालका ३ आधारभूत विद्यालय मर्ज भएको उदाहरण पेश गर्दै अध्यक्ष ढुङगानाले मावि पनि मर्ज गर्ने परिस्थती नआओस् भन्दै सचेत समेत गराए ।

कार्यक्रममा वराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङ, भुमेश्वर माविका शिक्षक रामचन्द्र दवाडीले पनि भनाई राखेका थिए ।उनीहरुले तालिम फलदायी बनेको चर्चा गरे ।तालिममा धितालका कुल ६ विद्यालयका १७ शिक्षकको सहभागिता थियो ।

Comments
Loading...