देशका चार प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान

पोखरा,२६ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न चार वटा प्रदेशमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान गरेको छ ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’ बुलेटिनमा उल्लेख छ ।

राति पनि देशका अधिकांश भूभागमा सामान्य वदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम तथा बागमती, प्रदेश १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Comments
Loading...