विश्वभर दुई करोड कोरोना संक्रमित, सात लाख २९ हजारको मृत्यु

एजेन्सी
कोरोना भाइरसबाट विश्वभर १ करोड ९७ लाख ६९ हजार संक्रमित भइसकेका छन् ।

त्यसैगरी भाइरसका कारण ७ लाख २९ हजार ३ सयभन्दा बढीको मृत्यु भएको बताइन्छ । त्यसैगरी अमेरिकामा कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको छ । यो विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो ।

Comments
Loading...