पोखरा महानगरका कर्मचारीमा कोरोना, वडाको सेवा पाँच दिन बन्द

पोखरा,२६ साउन । पोखरा महानगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

वडा नं २७ को कार्यालयमा कार्यरत वडा नं २६ निवासी ४० वर्षीया एक महिला कर्मचारीमा आज सङ्क्रमण फेला परेपछि आगामी साउन ३० गतेसम्म कार्यालय र प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको सोही वडाका वडाध्यक्ष पूर्णकुमार गुुरुङले जानकारी दिए ।

उनले भने,“कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गर्न महानगरबाट पत्र आएको छ,सोही अनुसार सबै सेवा बन्द गरेका छौँ ।”

सङ्क्रमित महिला शुक्रबारसम्म कार्यालयमा आएको र शनिबार वडाध्यक्ष गुरुङ र दुई जना कर्मचारीले कोरोना परीक्षणका लागि नमूना दिएकामा एक जनाको नतिजा पोजिटिभ आएको बताइन्छ ।

Comments
Loading...