सुटकेशभित्र भेटिएको शवको पहिचान 

 

काठमाडौँ,२६ साउन । राजधानी काठमाडौँ गोंगबु नजिकै टाउको काटिएको अवस्थामा दुई दिनअघि फेला परेको शवको पहिचान भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ती व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको खुलेको हो।

टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेका उनको पहिचान नभएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो । आज विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्चालमा तस्विर सार्वजनिक भएपछि शवको पहिचान भएको हो ।

Comments
Loading...