पोखरामा ११ वर्षीय बालक सहित चार संक्रमित थपिए

पोखरा,२७ साउन । पोखरा महानगरपालिकामा चार सहित गण्डकी प्रदेशमा आज थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विहान विज्ञप्ती जारी गरी पोखरा महानगरपालिका वडा ं ५ र ३० मा दुई पुरुष तथा वडा नं ५ र १७ का दुई महिला संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसैगरी बाग्लुङमा दुई र तनहुँमा दुई जना नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । 

Comments
Loading...