पश्चिमाञ्चल अस्पतालप्रति मुख्यमन्त्री गुरुङको कडा टिप्पणी,प्रदेश सरकारलाई किन असहयोग गरेको ?

पोखरा,२७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रदेश सरकारलाई कोरोना महामारीसँग लड्ने सन्र्दभमा असहयोग गरेको टिप्पणी गरेका छन् ।

पोखरामा आज आयोजित आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को स्थापना दिवस कार्यक्रममा उनले संक्रमण बढिरहेको अवस्थामा समेत आइसोलेसनमा ५० जनाको उपचार गर्ने क्षमता भएपनि सो अस्पतालले आधा विरामी भएपछि ठाउँ छैन भनेर फर्काउने गरेको समेत बताए ।

निजी अस्पतालहरु कोरोनाका विरामीको उपचारमा तयार हुुँदा समेत सरकारी अस्पतालले सेवा दिन सक्दैनौँ भन्नु विरोधाभाषपूर्ण रहेको बताउँदै मुख्यमन्त्रीले यसबारेमा पत्रकारले नलेखेकामा समेत प्रश्न गरेका छन् । उनले अस्पतालका ‘इभिल थिङ्कीङ’ भएका मानिसहरुका विरुद्ध आवाज उठाउन समेत आग्रह गरेका गरे ।

मुख्यन्त्रीले व्यक्त गरेको भनाई संक्षेपमा यस्तो छ ।
पोेखरामा संक्रमण बढिरहेको छ, उपचारका लागि दुई÷तिन वटा अस्पतालमा व्यवस्था गरेका छौँ । एउटा अस्पतालले चाँही ५० जनाको उपचार हुने ठाउँ हुँदा ÷हुँदा २०÷३० जना भएपछि ठाउँ छैन भनेर फर्काउने स्थिति छ । सरकारको कामलाई अवज्ञा गरिराखेको छ ।

त्यसकारण हिजो देखी आफ्नै सरुवा अस्पतालमा आइसोलेसनको व्यवस्था गरेका छौँ । एकातिर प्राइभेट अस्पतालले पनि सेवा दिन चाहन्छौ भनेका छौँ तर अर्कोतिर सरकारी अस्पताले सक्दैनौँ भनेको छ । यो आफैमा विरोधासपूर्ण कुुरा हैन र ? यसमा पनि हामीले खै लेखेको ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बारम्बार प्रदेश सरकरालाई कोभिड–१९ सँग लड्ने बारेमा किन असहयोग गरेको ? संघको भएर । संघ सरकारको दायित्व होइन । यस्ता ‘इभिल थिङ्कीङ’ भएका मानिसहरुको विरुद्ध आवाज उठाउनुपर्दछ ,जनताको विरोधी को हो भनेर । सरकारलाई समर्थन गरिराख्नु परेन जनतालाई बचाउनु प¥र्यो, जीउधनको सुरक्षा गर्नुप¥र्यो ।

पिसिआर मेसिन भएर पनि चल्दैन भनेको यस कारणले रहेछ कि पश्चिमाञ्चल अस्पतालमा कोभिड नामको रोगको उपचार गर्न नपरोस् भन्ने अभिप्राय रहेछ । त्यहाँ त्यो मेसिन चल्दैन भनिएको रहेछ । पछि हामीले एक्सपर्टबाट जचाउँन लगाएपछि त्यहाँका हाकिमहरु भन्छन् यो चल्दैन कर्मचारी भन्छन् यो चल्छ । स्वार्थ के ? चल्छ भनेपछि शुरु गरिएको हो । यस्ता गैरजिम्मेवार कुरा किन हुन्छ ?

Comments
Loading...