पोखरामा थपिए ११ संक्रमित

पोखरा,२७ साउन । पोखरामा आज पुनः११ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गरी वडा नं ९ मा चार महिला र दुई पुरुष तथा वडा नं १९ मा चार जना महिलालमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसैगरी एक जना ३७ वर्षीया महिलाको ठेगना खुल्न बाँकी छ । त्यसैगरी गण्डकी प्रदेशको स्याङ्जामा छ जना गरी प्रदेशमा १७ जना नयाँ बिरामी थपिएको जनाएको छ ।

Comments
Loading...