पोखरा,२८ साउन । पोखरा महानगरपालिका वडा नं १९ मा कोरोनाका कारण एक जनाको मृत्यु तथा १० जना संक्रमित भएपछि वडा कार्यालयले सर्वसाधारणलाई ननिस्कन आग्रह गरेको छ ।

वडा कार्यालयले मंगलबार साँझ सूचना जारी गरी आज विहान ५ बजेदेखी अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन,अत्यावश्यक बाहेकका अन्य पसल व्यवसाय बन्द गर्न र बगरदेखी उत्तरतर्फ सञ्चालन हुने सबै सार्वजनिक यातायात बन्द हुने जनाएको छ ।
वडाको भक्तिपथ बस्ने एक जनाको कोरोनाबाट मृत्यु भएपछि वडा नं १९ मा समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।