सुनको मूल्यमा आज अप्रत्याशित भारी गिरावट

पोखरा,२८ साउन । आज सुनको मुल्य अप्रत्यासित रुपमा घटेको छ ।

आज सुन तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको मा आज तोलामै ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको छ । मंगलबार सुन प्रति तोला एक लाख एक हजार ६०० मा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । चाँदी आज तोलामा २२५ रुपैयाँ घटेर तोलाको १२ सय १० रुपैयाँ कायम भएको छ ।

Comments
Loading...