दुई दिनदेखी बेपत्ता पत्रकार बानियाँको शव फेला

पोखरा,२८ साउन । वरिष्ठ पत्रकार बलराम बानियाँ हेटौँडामा मृत फेला परेका छन् । उनी दुई दिनदेखी सम्पर्क विहिन थिए।

कान्तिपुर दैनिकका पत्रकार बानियाँको शव मकवानपुरको मान्डी हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

बानियाँ अन्तिमपटक बल्खुमा देखिएको र सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । उनी वाग्मती नदीमा लडेको हुनसक्ने र खोलाले बगाएर मकवानपुर पु¥याएको प्रहरी भनाइ छ ।

Comments
Loading...