संक्रमण बढेपछि गृहमन्त्रालयले रोक्यो ७७ वटै जिल्लामा सवारी पास वितरण

काठमाडौं,२८ साउन । देशभर कोरोना संक्रमण बढेपछि सरकारले जिल्ला प्रशासनबाट वितरण हुँदै आएको सवारी पास एक साताका लागि बन्द गरेको छ ।

गृह मन्त्रालयले आज जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रालयले भोलि विहीबारबाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिने मन्त्रालयद्धारा साँझ जारी विज्ञप्तीमा जनाइएको छ ।

Comments
Loading...