नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौँ,२९ साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । बुधबारमात्र आठ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका थिए ।

Comments
Loading...