नमूना दिएपछि कोरोना रिपोर्ट नआइन्जेल अलग्गिएर बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

पोखरा,२९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षणका लागि नमूना दिएर आएपछि रिपोर्ट नआन्जेलसम्म अन्य व्यक्तिको सम्पर्कमा नजान आग्रह गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी आफूलाई शंका नलागि परीक्षण नगर्न÷नगराउन तथा शंका लागेर परीक्षणका लागि नमूना दिएर रिपोर्ट नआउन्जेलसम्म अन्य व्यक्तिको सम्पर्कमा नआई अलग्गिएर बसिदिन र संक्रमणको नतिजा आइसकेपछि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जानकारी गराउन,उनीहरुको निगरानी बढाउन,परीक्षणका लागि सहयोग गर्न र संक्रमण रोक्न भूमिका खेल्न सबैमा अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले परीक्षणका लागि नमूना दिने तथा केही नभएजस्तो गरेर सबैतिर हिँडडुल,भेटघाट तथा जनसम्पर्कमा आउने जस्ता व्यवहार गर्नाले अन्य व्यक्तिमा संक्रमणको जोखिम देखिएको बताए ।

Comments
Loading...