पोखरामा ठूलो संख्यामा जुवाडेहरु पक्राउ(नाम सहित)

पोखरा,२९ साउन । प्रहरीले पोखरा महानगरपालिका–१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो अन्दाजी ४ः३० बजेको समयमा मिलनटोल बस्ने बर्ष ५० की ज्ञानु हमालको डेराकोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा फेलापारी खानतलासी गर्दा निजहरुको साथबाट रु एक लाख दुई हजार ४९० र २२४ पत्ती तास फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (जुवा) अन्तर्गत कास्की जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रवक्ता हमालले बताए ।

पक्राउ परेकाहरु निम्न छन् ।
१. पो.म.न.पा.१४ मझेरीपाटन घर भई हाल वडा नं.१० मिलनटोल बस्ने महेन्द्र हमालकी श्रीमती बर्ष ५० की ज्ञानु हमाल ।
२. मादी गा.पा. वडा नं ३ घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने धनसुबा गुरुङको छोरा बर्ष ५७ का भुबहादुर गुरुङ ।
३. लमजुङ पसगाँउ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने ईश्वर गुरुङको श्रीमती बर्ष ५० की अस्मिता गुरुङ ।
४. मादी गा.पा. ३ घर भई हाल पोखरा म.न.पा. १० जनप्रियटोल बस्ने भद्रसिंह गुरुङको छोरा बर्ष ५२ को डम्बर बहादुर गुरुङ ।
५. पो.म.न.पा.१० मिलनटोल बस्ने अमरसिंह गुरुङको छोरा बर्ष ५८ को बल बहादुर गुरुङ ।
६. ऐ.ऐ. बस्ने राज कुमार गुरुङको श्रीमती बर्ष ४२ की ईन्द्रा गुरुङ ।
७. ऐ.ऐ. बस्ने फौदासिंह भुजेलको छोरा बर्ष ६२ को राधेश्याम भुजेल ।
८. जिल्ला लमजुङ क्होलासोथार गा.पा. ७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने थने गुरुङको छोरा बर्ष ५६ को मन बहादुर गुरुङ ।
९. मादी गा.पा. ३ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने लोक बहादुर गुरुङको श्रीमती बर्ष ३४ की हिम कुमारी गुरुङ ।
१०. खोटाङ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने कुमार राईको श्रीमती बर्ष ४६ की ईन्द्रा राई ।
११. मादी गा.पा. २ ताङतिङ घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने बिल बहादुर गुरुङको श्रीमती बर्ष ७२ की केश कुमारी गुरुङ।
१२. जिल्ला खोटाङ हिले गा.पा. ७ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने पदम राईको श्रीमती बर्ष ४८ की राजलक्ष्मी राई ।
१३. माछापुच्छ्रे गा.पा. २ भुर्जुङखोला घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने सुक बहादुर गुरुङको श्रीमती बर्ष ५९ की सुक कुमारी गुरुङ ।
१४. कास्की मादी गा.पा. ९ मिजुरे घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने नर बहादुर नेपालीकी श्रीमती बर्ष ३५ की सीता नेपाली ।
१५. स्याङ्जा बिरुवा गा.पा. ५ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने प्रेम बहादुर थापाको छोरा बर्ष ३९ को लिलमान थापा ।
१६. पोखरा म.न.पा. १३ आर्बा बस्ने चेत बहादुर गुरुङको छोरा बर्ष ५१ को यम बहादुर गुरुङ ।
१७. पोखरा म.न.पा. १२ ढिकालेथर बस्ने समानसिंह गुरुङको छोरा बर्ष ४० का बिनोद गुरुङ ।

Comments
Loading...