सिन्धुपाल्चोकको जुगलमा पहिराले १३ घर पुरिए, तीन घरका २१ जना सम्पर्क विहिन, १५ घाइते

काठमाडौं,३० साउन । सिन्धुपाल्चोको जुगल गाउँपालिका–२ लिदीमा पहिरो गएको छ । लिदीको लामा टोलमा सुख्खा पहिरो जाँदा त्यहाँका २५ घरमध्ये १३ घर पुरिएको प्रहरीले जनाएको छ।

पहिराको क्षतिको विवरण आउन बाँकी छ । पुरिएका तीन घरका २१ जना सम्पर्क विहिन रहेको र अहिले घटनास्थलमा प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको संघीय संसदका सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

Comments
Loading...