कास्कीमा हाइड्रोका इन्जिीनियर मृतावस्थामा फेला

पोखरा,३० साउन । कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन नामार्जुन हाइड्रो पावरमा कार्यरत एक इन्जिीनियर मृत अवस्थामा भेटिएका छन् ।

गोरखा पालुङटार नगरपालिका घर भई हाल मादी गाउँपालिकाको नामार्जुन हाईड्रोपावरमा सिभिल ईन्जिनियर पदमा कार्यरत ३६ वर्षीय अमित पन्त आज दिउसो क्युरोखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी हिजो साँझ खाजा खान अफिस बाहिर हिडेकोमा सम्पर्कमा नआएपछि खोजतलास गर्दा आज दिउसो १२ः०० बजेको समयमा उनको शव परेपछि प्रहरी टोलि खटिई घटनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...