मेलबोटमा टिप्पर दुर्घटना,ठेकेदारको चरम ढिलासुस्तीले सडक निर्माण अलपत्र

पोखरा,३० साउन । पोखरा महानगरपालिका–२५ मेलबोटदेखी माछापुच्छ«े गाउँपालिकाको सिदिङ सडक खण्डमा आज टिप्पर दुर्घटना भएको छ ।

बालुवा लिएर पोखरातर्फ आउँदै गरेको टिप्पर मेलबोट नजिक आज दिउँसो दुई बजेको समयमा दुर्घटना भएपनि मानविय क्षति नभएको माछापुच्छ«े गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाही(नवराज)ले जानकारी दिए । बर्खाले जीर्ण बनाएको सडक मर्मत नहुँदा टिप्पर पल्टिएको हो ।

सडक निर्माणमा चरम ढिलासुस्ती
सो सडक खण्ड गत वर्ष पुस मसान्तसम्म निर्माण सकेर निर्माण कम्पनीले हस्तान्तरण गर्नुपर्नेमा ठेकेदारको चरम लापरवाहीका कारण सो क्षेत्रका जनताले वर्खायाममा अहिले सास्ती बेर्होन बाध्य बनेका छन् ।

माछापुच्छ«े गाउँपालिकाको ‘लाइफलाइन’का रुपमा रहेको निर्माणाधीन सो सडक हिलाम्मे र खाल्डाखुल्डीहुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ । वर्खामा सडकका खाल्डाखुल्डी पुर्न र बाटो सहज बनाउनेतर्फ निर्माण कम्पनीले ध्यान नदिँदा यात्रुहरु आर्कोषित बनेका छन् ।

हिमदुङ एण्ड थोकर÷ड्रागन जेभीले सो सडक निर्माणको जिम्मा लिएको थियो तर निर्माण कम्पनीले बाटो समयै सम्पन्न नगरेको तर सो बाटोका लागि छुट्टाइएको निर्माण सामग्री भने अन्यत्र लैजाने गरेको पाइएको छ ।

माछापुच्छ«े गाउँपालिकाले समेत समयमै काम सम्पन्न गर्न तथा ठेकेदारलाई काममा लगाउन ध्यान नदिएको गुनासो सर्वसाधारणको छ ।
सो निर्माण कम्पनीले ठेक्का लिएका अन्य ठाउँमा काम गरेपनि माछापुुच्छ«ेका दुई सडकमा भने काम ठप्प छ । गाउँपालिका केन्द्र जोेड्ने सडक निर्माणको जिम्मा समेत सोही निर्माण कम्पनीले पाएको छ ।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले भने गाउँपालिका अध्यक्ष सहित आफूहरु पटक÷पटक पुर्ननिर्माण इकाईमा बाटोको अवस्थाका बारेमा ध्यानाकर्षणका लागि गएपनि सुनुवाई नभएको बताउँछन् ।

“हामीले भनेका भन्यै छौँ, ठेकेदारले सुन्दैनन्, गाउँपालिकामा एउटा मेसिन स्टायण्ड बाई राखेर पानीले क्षति पु¥याउने वित्तिकै मर्मत गर्न आग्रह गरेको सुनुवाई भएनन ।” शाहीले भने ।

सो सडक पुर्ननिर्माण प्राधिकरण अन्तर्गत निर्माण भइरहेकाले समेत ढिलासुस्ती गर्ने र काम अलपत्र पार्नेलाई कानूनी दायरामा ल्याउने जिम्मेवारी सम्वन्धित कार्यालयको हुन्छ । यसतर्फ पुर्नःनिर्माणको समेत ध्यान पुगेको छैन ।

प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीको रु २८ करोड लागतमा निर्माणाधीन सो सडक खण्डको निर्माण कार्य सुस्त भएपछि गत फागुन अन्तिममा जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गरी निर्माण कम्पनीका प्रोपाइटर ऋषि गौतमलाई जेठ १२ सम्म थप गरिएको म्यादभित्र काम सम्पन्न गर्न निर्देशन दिएको थियो ।

विसं २०७५ असोजमा शिलान्यास गरिएको सो सडक गत पुस मसान्तमा निर्माण पूरा गरिसक्नुपर्नेमा काममा ढिलाइपछि स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए ।स्थानीयको दवावपछि निर्माण कम्पनीले एक।दुई दिनयता बल्ल माथिल्लो क्षेत्रमा निर्माण सामग्री झार्न शुरु गरेको बताइन्छ ।

Comments
Loading...