पोखरामा तीन सहित गण्डकीमा १० संक्रमित थपिए

पोखरा,३१ साउन । पोखरा महानगरपालिकामा तीन जना सहित गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती जारी गरी पोखराको वडा नं ५ र ८ मा दुई पुरुष तथा वडा नं ८ मा एक महिलामा संक्रमण फेला परेको जनाएको छ ।

त्यसैगरी तनहुँमा दुर्ई, बाग्लुङमा दुई, गोर्खा,स्याङ्जा र नवलपरासीमा एक÷एक जनामा संक्रमण पुष्टि भएपछि सबै जनालाई सम्वन्धित जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ६९२ पुगेको छ ।

Comments
Loading...