छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँ,३१ साउन । काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हो ।

उनिहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Comments
Loading...