देशभर तीन दिनसम्म भारी बर्षाको सम्भावना

काठमाडौँ,३१ साउन । देशभर तीन दिनसम्म भारी बर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । मध्य क्षेत्र र पश्चिममा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

पछिल्लो चौबिस घण्टामा बाग्मति र कर्णालीमा सबैभन्दा धेरै बर्षा भएको छ ।यस्तै आज शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताए ।

मौसम न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ ।

Comments
Loading...