पोखराका पाँच वडामा आठ कोरोना संक्रमित थपिए

पोखरा,३१ साउन ।पोखरा महानगरपालिका अन्तर्गतका पाँच वडामा थप आठ जना कोरोना संक्रमित थपिएका छन् ।

आज विहान तीन जना संक्रमित फेला परेकामा प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा विहान ११ः३० बजे विज्ञप्ती जारी गरी आठ जना थपिएको जनाएको छ ।
संक्रमितहरुमा वडा १,१४ र २७ मा दुई÷दुई तथा वडा नं १० र १७ मा एक÷एक जना छन् । संक्रमित सबै पुरुष हुन् ।

Comments
Loading...