भारतमा पनि कोरोनाका तीन खोप परीक्षणको चरणमा

एजेन्सी । नेपालको छिमेकी मुलुक भारतले पनि कोरोनाको खोप तयार गरिरहेको छ । रुस, चीन लगायतका मुलुकपछि भारतले पनि खोप निर्माणको चरणमा रहेको जनाएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । कोरोनाविरुद्धको खोप बनाएका वैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि उनले भनेका छन् ।

देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै मोदीले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको र प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको जनाए । खोप उत्पादनका लागि बैज्ञानिकहरुले कडा मेहनत गरिरहेको उनको भनाई छ ।

Comments
Loading...