बागलुङमा पहिरोमा परेर तीन जनाको मृत्यु, एक घाइते

पोखरा,३१ साउन । अविरल वर्षाको कारण आज विहान दुई बजेको समयमा बागलुङ निसिखोला गाउँपालिका ५ टारीगाउँमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

स्थानीय हिरा बि.क.को ढुङगा माटोले बनेको खरको छानो भएको दुई तले कच्ची घरको माथिबाट पहिरो आई घर भत्कन जाँदा सोही घरमा सुतिरहेका उनका छोरा १४ वर्षीय विरेद्र विक तथा सेही ठाउँ बस्ने टेकमानकाक छोरा छ वर्षीय प्रवेश विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा विकका श्रीमती वर्ष ५३ का दिलसरा घाइते भएको र अवस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

त्यसैगरी निसिखोला गाउँपालिका ३ धारखर्क बस्ने छुच्चे कामीको को ढुङगा माटोले बनेको दुई तले कच्चि घरको माथिबाट पहिरो आई घर भत्कन जाँदा सोही घरमा सुतिरहेको निजकी श्रीमती ६० वर्षीया बलि बि.क.को पहिरामा पुरिएर मृत्यु भएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप उद्दार कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...