पोखरा,३२ साउन । पोखरामा आज विहान थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाको वडा नं १६ मा चार र वडा नं ५ मा एक जनामा संक्रमण पुष्टि भएको हो । वडा नं १६ का संक्रमित दुई÷दुई महिला पुरुष तथा वडा नं ५ का महिला छन् ।
संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइन्छ । त्यसैगरी तनहुँमा समेत आज एक जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा हालसम्म एक हजार ७०९ पुगेको छ ।