श्रीमती संगठनको सहयोग बृद्धाश्रमलाई

सन्देश श्रेष्ठ

पोखरा, ३२ साउन । श्रीमती संगठन कास्कीले शनिबार पोखरा बृद्धाश्रममा दर खुवाएको छ । नेपाली महिलाहरुको महान चाँड तिजको अवसरमा श्रीमती संगठनले शनिबार पोखरा बृद्धाश्रममा रहेका बृद्ध बृद्धा बा–आमाहरुलाई दर खुवाएको हो ।

श्रीमती संगठनले दर खुवाउनुका साथै खाद्यान्न सामग्रीसमेत पोखरा बृद्धाश्रमलाई सहयोग स्वरुप प्रदान गरेको जनाएको छ । आफूहरुले २ बोरा चामलसहित दाल, आलु, लसुन, प्याज, तेल, पनीर लगायत २० हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरेको संगठनकी अध्यक्ष ईशा बास्तोलाले जानकारी दिईन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत २ वर्ष अघि संगठित संगठनले सामाजिक कार्य गर्दै आएको छ । संगठनले बृद्धाश्रमहरुमा सहयोग प्रदान गर्नुका साथै गरिब, दुःखीहरुलाईपनि सहयोग गर्नेगरेको अध्यक्ष बास्तोलाले बताइन् ।

Comments
Loading...