पोखरामा एउटै वडामा सात सहित १२ संक्रमित थपिए

पोखरा,३२ साउन । पोखरामा एउटै वडामा आज पुन ः सात जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो अद्यावधिक विवरण अनुसार वडा नं ५ मा चार महिला र तीन पुरुष सहित पोखरामा १२ जना संक्रमित थपिएका हुन् ।

वडा नं १५ मा दुई तथा १४,१६ र ७ मा एक÷एक जना रहेका छन् । यसअघि आज विहान पोखरामा १० जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो विवरणमा स्याङ्जा पुतलीबजार नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

Comments
Loading...