काठमाडौँमा १७२ तथा देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा,३२ साउन । नेपालमा कोरोना संक्रमित बढेका छन् ।

आज मात्र देशभर ६४१ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्यमा १७२ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।

Comments
Loading...