पोखरामा संक्रमित २२ मध्य पाँच जनाको संक्रमण स्रोत खुलेन

पोखरा,३२ साउन । पोखरामा आइतबार(आज) २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । संक्रमित मध्येमा पाँच जनाको भने संक्रमण स्रोत फेला पर्न सकेको छैन ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार तीन जना संक्रमित विभिन्न देशबाट आएर क्वारेन्टिनमा बसेका हुन् भने एक जना विदेशबाट आएर होेम क्वारेन्टिनमा थिए । त्यसैगरी १३ जना यसअघिका संक्रमितको सम्पर्कमा आएका(कन्ट्याक्ट) ट्रेसिङमा परेका व्यक्तिहरु हुन् ।

बाँकी संक्रमित पाँच जना भने कोरोना लक्षण देखिएर अस्पतालमा जँचाउन पुगेका व्यक्तिहरु थिए । उनीहरुमा स्वास्थ्य समस्या देखिएपछि आफैँ चिकित्सकसँग जाँचका लागि जाँदा शंका लागेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।

लक्षण सहितका कन्ट्याक्ट ट्रेसिङमा नपरेका र संक्रमणको स्रोत खुल्न नसकेका कोरोनाका बिरामी फेला परेपछि कोरोना समुदायस्तरमा फैलिएको आशंका गरिएको छ ।

पोखरामा मानिसको चहलपहल बढेसँगै संक्रमति बढेका छन् । “पोखरामा जसरी अहिले मानिसको मोविलिट बढेको छ यसलाई नरोके अवस्था भयावह हुने र म्यानेज गर्न नसकिने अवस्था आउँछ । तुरुन्तै लकडाउन वा निषेधाज्ञाको विकल्प छैन ।” आचार्यले भने ।

Comments
Loading...