पोखरामा ठूलो परिमाणमा लागूऔषध गाँजा सहित दुई जना पक्राउ

पोखरा,१६ भदौ । प्रहरीले पोखरामा ठूलो परिमाणमा लागूऔषध गाँजा सहित दुई युवा पक्राउ परेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घर भई हाल पोखराको विरौटा बस्ने २३ वर्षीय सञ्जोक विक र विरौटाका २० वर्षीय शिलास विकलाई पोखरा–३३ भरतपोखरीबाट लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार पोखराको विभिन्न स्थानमा लागूऔषध बिक्री बितरण तथा ओसारपसार हुने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भरतपोखरीबाट खटिएको विशेष टोलीले भदौ १४ गते राति १०ः ३० बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।

सवारी साधन चेकजाँच गर्ने क्रममा ग९प ६०२८ नंको पल्सर मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलामा लागूऔषध गाँजा छ केजी १०० ग्राम तथा लागूऔषध तौल गर्ने मेसिन एक थान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको बताइन्छ ।

Comments
Loading...