वासु स्मृति दिवसमा राष्ट्रिय युवा संघ कास्कीको सप्ताहव्यापी रक्तदान कार्यक्रम

पोखरा,१६ भदौ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का उच्च नेता सुरेश वाग्ले(वासु) र भीमसेन पोखरेल(वैरागी)को २१ औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल कास्कीले सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

युवा संघले यही भदौ १७ गतेदेखी २३ गतेसम्म पोखराका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिको राष्ट्रिय युवा संघ कास्कीका संयोजक भोजराज पौडेलले जानकारी दिए ।

भदौ १७ गते शान्तिवनमा उद्घाटन समारोह राखिएको छ । त्यसैगरी १८ गते रानीपौवा,१९ गते बैदाम,२० गते टुँडीखेल २१ गते अमरसिँहचोक, २२ गते तालचोक तथा २३ गते नेकपा जिल्ला कमिटी कार्यालय शान्तिवन पार्टी कार्यालयमा समापन तथा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ । संघले यसअघि समेत सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने गरेको थियो ।

“कोरोना भाइरस संक्रमण रोक्न आह्वान गरिएको लकडाउन तथा निषेधाज्ञाका अवधिमा अस्पतालहरुमा रगत अभाव भइरहेको छ । रगतको उच्च मागको आपूर्तिका लागि हामीले भौतिक दूरी र आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरी कार्यक्रम गर्दछौ ।” संघका संयोजक पौडेलले भने ।

संयोजक पौडेलले शहीदहरुको स्मृतिमा आयोजना गरिएको सामाजिक कार्यमा सहभागिताका लागि सबैमा आग्रह समेत गरेका छन् ।

Comments
Loading...