पोखरा ११ को वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा

पोखरा,१६ भदौ । पोखरा महानगरपालिका वडा नं ११ ले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन शुरु गरेको छ ।

फूलबारी र काहुँको सीमामा नवनिर्मित भवनबाट वडा कार्यालयले सोमबारदेखी सेवा शुरु गरेको वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए । । सोमबार वडाध्यक्ष  बाँस्तोलाले पूजाआजा गरी बैदिक परम्परा अनुसार कार्यालय प्रवेश गरेका थिए ।

आफ्नै भवन नहुँदा यसअघि वडा कार्यालय भाडाको घरबाट सेवा दिँदै आएकामा सुविधासम्पन्न भवनमा सरेसँगै सेवा प्रवाह थप व्यवस्थित र सहज हुने विश्वास गरिएको छ ।

रु दुई करोड ४० लाख लाखमा निर्माण सम्पन्न दुई तले भवनमा १० वटा कक्ष र अत्याधुनिक सभाहल रहेको छ । डेड बर्ष अघि निर्माण शुरू गरिएको सो कार्यालय भवन केही महिना अघि सम्पन्न भएता पनि कोरोनाको नयाँ भवनमा सर्न ढिलाई भएको थियो ।

Comments
Loading...