गाई भैँसीमा बुँगो निस्कने÷भण्डार फर्कने समस्या र उपचार विधि

कमजोर माउ पशुको ब्याउनु भन्दा केहि महिना अगाडी देखि सुतबाट सानो रातो मासुको डल्ला निस्कनुलाई हामी बुँगो निस्कने÷भण्डार फर्कने भन्दछौँ ।

बच्चा पाएको माउ पशुले बराबर कनि रह्यो भने पाठेघर बाहिर निस्कन्छ र यो अवस्थालाई भण्डार फर्केको भनिन्छ ।
यी माथिका दुई अवस्थामा सबै पशुमा देखिएतापनि गाई र भैँस्मा बढीनै भएको पाइन्छ ।

के कारणले भण्डार फर्कन्छ ?
१) माउ पशु ज्यादै कमजोर भएमा ।
२) पाठेघरमा घाउ वा खरावी भई दुखेमा ।
३) साल अड्किएमा पशुले कनिरहन्छ र भण्डार फर्कन्छ ।

उपचारः
१) भण्डार फर्केको पशुलाई उसको पेटले भुँईमा टेक्ने गरी बसाउने ।
२) सहायता दिने ब्यक्तिले नङ काटी राम्ररी साबुन पानीले हात धोइर हातमा तेल लगाउने ।
३) साल अड्किएको भए त्यसलाई होसियारीपूर्वक हटाउने ।
४) बाहिर निस्किएको पाठेघरको भागलाई मनतातो पोटास पानीले राम्री हात धुने र सफा ट्रे वा किस्तिमा राखी सुतको सतहसँग बराबरी हुने गरी उचाल्ने । अब पाठेघरलाई सिधा हुुने गरी राखि हातको पञ्जाको सहायताले विस्तारै धकेल्दै लैजाने ।


५) पशुले कनिरहेको छ भने पुच्छरको फेद नजिकैको आँख्लाबाट १० देखी १५ मिलि जाइलोकेन वा नोभोकेनको सुई दिने। सिक्वीलको सुई दुई देखी पाँच मि.लि. मासुबाट दिने ।

६) पाठेघरको पूरै भाग भित्र राखि सके पछि सल्फा बोलस वा फ्युरिया बोलस दुई देखी चार चक्की पाठेघर भित्र राख्ने । यो औषधि एक दिन बिराएर चार देखी पाँच दिन पाठेघर भित्र राख्ने ।
७) पेन्सिलिनको सुई तीन देखी पाँच दिन सम्म चलाउने ।
८) यदि भण्डार फर्कदा सुत च्यातिएको छ भने सुतमा टाँका दिनुपर्दछ ।
९) पशुले अझै कनिरहेको छ भने राम्ररी सफा गरेको वियरको बोतल सुत भित्र घुसारी डोरीको सहायताले कम्मरमा लगि बाँध्ने । विडा वनाएर पनि राख्न सकिन्छ ।
१०)उपचार गरेको पशुलाई पछिल्लोे हर उठाउने (छ ईन्च जति) गरी बाँधेर राख्ने ।
११) सुतलाई दिनको दुई पटक मनतातो पानीले सेकी सुन्निभएको सुत केही दिनमानै सामान्य अवस्थामा फर्किन्छ ।
१२) पशुलाई पटक पटक दाना पानी दिने तर एकै पटक धेरै खान नदिने ।
१३) गर्मी ठाउँमा गर्मीको समयमा झिँगा बस्न नपावोस भनि सुतको वरिपरि फिनेल पानी वा तारपिनको तेल छर्कनु पर्दछ । तर योनी भित्र पार्नु हुँदैन ।
१४) बुँगोे निस्किएमा पनि माथि लेखिए बमोजिमनै उपचार गर्न सकिन्छ ।
बचावट
गर्भिणी पशुको राम्रो हेरचाह गर्नुपर्दछ ।
ब्याउने बितिकै पशुलाई उठाइरहने र बस्न नदिने ।
माउले बच्चालाई चाटि सके पछि फाँचो सफा गरी दुध चुसाई हाल्ने ।
ब्याएको पशुलाई पोषिलो दाना पटक पटक गरी खुवाउने ।
ब्याउनु भन्दा कम्तिमा एक महिना पहिला देखि खनिज मिश्रण खुवाउने आदि ।

Comments
Loading...